दफा १२
बोर्डको गठन
: (१) बजार संरक्षण गरी बजारमा स्वच्छ प्रतिस्पर्धा अभिवृद्धि गर्न प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्डको गठन गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको बोर्डमा देहायका सदस्यहरु रहने छन्ः-
(क) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – अध्यक्ष
(ख) प्रतिनिधि, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(ङ) उद्योग तथा वाणिज्य सम्बन्धी संघ संस्थामा कार्यरत व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको दुईजना – सदस्य
(च) उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थामा कार्यरत व्यक्तिहरुमध्येबाट कम्तीमा एकजना महिला रहने गरी नेपाल सरकारले मनोनीत गरेको चारजना – सदस्य
(छ) महानिर्देशक, वाणिज्य विभाग – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यको काम सन्तोषजनक नदेखिएमा नेपाल सरकारले त्यसको कारण खुलार्ई निजलाई जुनसुकै बखत बोर्डको सदस्यबाट हटाउन सक्नेछ ।